मेरो हराएको खुशी
यतै कतै हुनुपर्छ
मेरो खोसिएको मुस्कान
यतै कतै हुनुपर्छ
उ सामु पुगेर
उ भित्रको म नभेटेपछि
म खोज्दै निस्किएको हु म
मलाई लाग्दैछ
अझै पनि म यतैकतै हुनुपर्छ
तिमी टाढा हुँदा
म बेस्सरी रुएको थिए
पत्यार लागेन भने
खोज्दैछु पख
उ बेला पोखिएको आसुको थोपा
यतैकतै हुनुपर्छ
मलाई एक्लो सोच्दै नसोच्नु
म भित्र
अनगिन्ती यादहरु छ्न
अमिट सम्झनाहरु छ्न
केही खतहरु छ्न
मन खोलेर हासेको खित्का
यतैकतै हुनुपर्छ
उ बेला दुखेको दुखाई
यतैकतै हुनुपर्छ
म खोज्दै हिंडेको मलाई
लाग्दैछ ,
उ भित्र बिर्सिएको म
यतैकतै हुनुपर्छ ।
उनी भित्र हराएको म
यतैकतै हुनुपर्छ ।
शर्मिला तामाङ
लिसंखु पाखर गाउँपालिका वडा नम्बर ४ सिन्धुपाल्चोक, हाल जापान टोकियो
प्रतिक्रिया