काठमाडौँ १८ असोज : नेपाली काङ्ग्रेसका नेता गगन थापासहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काङ्ग्रेस पार्टी कार्यालय स्रोतले दिएको जानकारीअनुसार थापा सहित केन्द्रीय सदस्य अर्जूननर सिं केसी, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काङ्ग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहित १५९ जनाको स्वाब संकलन गरिएको थियो । रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको बताइएको छ ।








प्रतिक्रिया