२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा कोरोना संक्रमित १३ जना डिस्चार्ज, १५ जना थपिए

काभ्रेमा कोरोना संक्रमित १३ जना डिस्चार्ज, १५ जना थपिए


धुलिखेल, १३ भदौः काभ्रेमा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १५ जना कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी पाँचखाल नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ३ जना महिला र २ जना पुरुष रहेका छन् । पनौती नगरपालिकाका महिला र पुरुष १ १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो संख्या काभ्रेमा कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ६३० पुगेको छ । संक्रमित मध्ये १३ जना कोरोना भाइरबाट निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ४१९ पुगेको छ ।

अस्पतालको आइसोलेसनमा १२८ जना रहेका छन् । होम आइसोलेसनमा बस्नेको संख्या ७७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ५ : ३४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि