२०८३, १५ बैशाख बुधबार

काभ्रेमा कोरोना संक्रमित १३ जना डिस्चार्ज, १५ जना थपिए

काभ्रेमा कोरोना संक्रमित १३ जना डिस्चार्ज, १५ जना थपिए


धुलिखेल, १३ भदौः काभ्रेमा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १५ जना कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी पाँचखाल नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ३ जना महिला र २ जना पुरुष रहेका छन् । पनौती नगरपालिकाका महिला र पुरुष १ १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

यो संख्या काभ्रेमा कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ६३० पुगेको छ । संक्रमित मध्ये १३ जना कोरोना भाइरबाट निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ४१९ पुगेको छ ।

अस्पतालको आइसोलेसनमा १२८ जना रहेका छन् । होम आइसोलेसनमा बस्नेको संख्या ७७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ५ : ३४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले