२०८३, १५ बैशाख बुधबार

काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए

काभ्रेमा १५ जना कोरोना संक्रमित थपिए


धुलिखेल, १२ भदौः काभ्रेमा १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ कोरोना भाइरसका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरापलिकाका ६ जना रहेका छन् । धुलिखेल नगरपालिकाका ४ जना महिला र २ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

त्यस्तै बनेपा नगरपालिकाका ४ जना महिला र १ पुरुष, पनौती नगरपालिकाका २ जना पुरुष र १ जना महिला संक्रमित भएका छन् । त्यसैगरी पाँचखाल नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो ।

यो संख्या जिल्लामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६१५ पुगेको छ । ४०६ जना निको भएर घर फर्किएका छन् । जिल्लामा हालसम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भइसकेको छ । संक्रमित मध्ये १३१ जना अस्पतालको आइसोलेसनमा छन् भने ७२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार  ५ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले