२०८३, १५ बैशाख बुधबार

काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु

काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धाको मृत्यु


धुलिखेल, २९ भदौँः काभ्रेमा कोरोना संक्रमणबाट थप एक बृद्धाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार भुम्लु गाउँपालिका वडा नम्बर ८ का ७० बर्षीय बृद्धाको मृत्यु भएको हो ।

भदौँ २५ गते शीर मेमोरिय अस्पतालमा उपचारका लागि मृत्यु भएकी ती महिलाको हिजो कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि धुलिखेल र पाँचखालमा एक, एक जनाको मृत्यु भएको छ ।

आज चौरीदेउराली गाउँपालिकाका १ महिला र बनेपा नगरपालिकाका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या ३९१ पुगेको छ । २ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २९ भाद्र सोमबार  ५ : ११ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले