धुलिखेल, २८ भदौँः सिन्धुपाल्चोकमा गएराति बस्ती माथिबाट आएको पहिरोले ११ घर पुरेको छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को घुम्थाङ, भीरखर्क र नाकुचेमा गरी ११ घर पुरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पहिरोमा पुरिएका मध्ये ५ जनाको शव फेला परेको छ । तीन जना घाइतेलाई बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । पहिरोमा २६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ताहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको बताइएको छ ।
पहिरो पीडितहरुलाई राहत सामग्री वितरणको काम पनि साथ साथै भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिलो बिहान ४ बजे बस्ती माथिबाट खसेको हो ।









प्रतिक्रिया