२०८३, ९ कार्तिक सोमबार

सिन्धुपाल्चोक पहिरो अपटेडः ११ घर पुरियो, २६ जना बेपत्ता, ५ जनाको शब फेला (भिडियो सहित)

सिन्धुपाल्चोक पहिरो अपटेडः ११ घर पुरियो, २६ जना बेपत्ता, ५ जनाको शब फेला (भिडियो सहित)


धुलिखेल, २८ भदौँः सिन्धुपाल्चोकमा गएराति बस्ती माथिबाट आएको पहिरोले ११ घर पुरेको छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को घुम्थाङ, भीरखर्क र नाकुचेमा गरी ११ घर पुरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा पुरिएका मध्ये ५ जनाको शव फेला परेको छ । तीन जना घाइतेलाई बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । पहिरोमा २६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बेपत्ताहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको बताइएको छ ।

पहिरो पीडितहरुलाई राहत सामग्री वितरणको काम पनि साथ साथै भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिलो बिहान ४ बजे बस्ती माथिबाट खसेको हो ।

प्रकाशित मिति : २०७७, २८ भाद्र आईतबार  १२ : ११ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि