काठमाडौं २८ भदौ सिन्धुपाल्चोकमा बाढी पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिदा तिन जनको मृत्यु भएको बाह्रविसे नगरपालिकाका उप प्रमुख शुसिला पाख्रीनले बताउनु भयो ।
उप प्रमुख पाख्रीनका अनुसार ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको छ । अहिले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरी र स्थानीय उद्धारका लागि पुगिसकेका छन् । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।








प्रतिक्रिया