धुलिखेल, २५ भदौः काभ्रेको भुम्लु गाउँपालिकामा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार भुम्लुमा ८ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३७६ पुगेको छ । जिल्लामा संक्रिय संक्रमित १८५ जना रहेका छन् । हालसम्म १८१ जना निको भएर घर फर्किएका छन् ।
जिल्लाको धुलिखेल नगरपालिकामा २४ र बनेपा नगरपालिका १३ जना आफ्नै घरको आइसोलेसनमा बसिरहेका छन् । हालसम्म धुलिखेलमा ५३ जना, बनेपामा १०१ जना, पनौतीमा ४ जना, पाँचखाल र नमोबुद्ध नगरपालिकामा दुई दुई जना संक्रमित रहेका छन् ।








प्रतिक्रिया