२०८३, १५ बैशाख बुधबार

जिसस काभ्रेका प्रमुख केसी कोरोना मुक्त

जिसस काभ्रेका प्रमुख केसी कोरोना मुक्त


धुलिखेल, २३ भदौँः जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी कोरोना भाइरस मुक्त हुनु भएको छ । कोरोना मुक्त भएसँगै आफु नियमित काममा फर्किएको प्रमुख केसीले जानकारी दिनुभयो ।

केसी कोरोना संक्रमण भएपछि १८ औँ दिनमा सोमबारबाट नियमित काममा फर्किनुभएको हो । केसीको परिवारका अन्य ७ जना सदस्य कोरोना संक्रमित भएका थिए । जसमा केसी सहित ६ जना कोरोना भाइरस मुक्त भएका हुन् ।

प्रमुख केसीका अनुसार परिवारका एक जना सदस्य भने अझै पनि होम आइलोसलेनमै बरिरहनुभएको छ । केसीको परिवार कोरोना संक्रमित भएसँगै होम आइसोलेसनमा बसेको थियो । होम आइसोलेसनमा बसेका सातै जनाको अन्तिम पटक गरिएको कोरोना परीक्षणमा एक जनाको भने पोजेटिभ आएको थियो ।

कोरोना भाइरस मुक्त भएपछि जिसस प्रमुख केसीले रोकप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गर्न र आत्मबल बलियो बनाउन सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार  ४ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले