२०८३, १२ बैशाख आईतबार

धुलिखेलका मेयर श्रेष्ठको काँग्रेसलाई जवाफ ‘गलत प्रचार नगर्नु, देशकै नमुना नगरपालिका हो’

धुलिखेलका मेयर श्रेष्ठको काँग्रेसलाई जवाफ ‘गलत प्रचार नगर्नु, देशकै नमुना नगरपालिका हो’


धुलिखेल, २१ भदौँः धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले नेपाली काँग्रेसलाई गलत प्रचार नगर्न आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा श्रेष्ठकै प्रतिद्वन्दी रहेका काँग्रेस नेता रमेश प्रसाद हुमागाईले एक बर्षअघिको फोटो फेसबुकमा शेयर गर्दै नगरपालिकाले अझै पनि आफुहरुको माग सम्बोधन नगरेको बताएपछि मेयर श्रेष्ठले फेसबुक मार्फत नै जवाफ फर्काउनुभएको हो ।

काँग्रेस नेता हुमागाई नेतृत्वको टोलीले एक वर्ष अघि कर नबढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । नेता हुमागाईले फेसबुकमा यस्तो लेख्नुभएको थियो: ‘हामीले धुलिखेल नगरको स्थानीय सरकारको गलत क्रियाकलापका विरुद्ध ज्ञापनपत्र बुझाएको पनि अझै सुधार छैन । अब केबल समयले मात्रै सुधार्छ ।’

देशभरका नगरपालिकाहरु मध्ये धुलिखेल नगरपालिका सबै भन्दा कम कर लिने नगरपालिकाभित्र पर्ने मेयर श्रेष्ठले बताउनुभयो । ४ करोड ५ लाख कर उठेको र नगरपालिको बजेट १ अर्ब ११ करोड ११ लाख ११ हजार रहेको भन्दै कर र बजेटबीचको सन्तुलनको लेखाजोखा गर्न पनि मेयर श्रेष्ठले नेता हुमागाईलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि जारी गरिएको लकडाउन देखि यताको ब्यबसाय कर र हाल सम्मको जरिवाना मिन्हा गरेको समेत मेयर श्रेष्ठले उल्लेख गर्नुभएको छ ।

नगरपरिषद्ले पासका ९९.९९ प्रतिशत योजना जनसहभागितामा हुने गरेको भन्दै आफु निर्वाचित भएयता जम्मा ६ वटा मात्र योजना ठेक्कामा गरेको मेयर श्रेष्ठले दाबी गर्नुभएको छ । नगरमा आधारभुत आवश्यकताको परिपुर्ति, नागरिक सेवामा सहज पहुँच र पादर्शितामा आँच आउने काम आफुले नगरेको र आगामी दिनमा पनि नगर्ने मेयर श्रेष्ठको भनाई छ ।

मेयर श्रेष्ठले काँग्रेसलाई कडा शब्दमा चुनौती दिदैँ सुशासन, पादर्शिता, जवाफदेहिता र जिम्मेवारी निर्वाह गर्ने मामिलामा धुलिखेल नगरपालिकाले गरेको अभ्यासहरु देशभरका नगरपालिकाहरुले अनुशरण गरिरहेको भन्दै विपक्ष हुनुको अर्थ बिरोध गर्नु मात्रै नभइ तथ्य र सत्य जनतालाई बुझाउने हिम्मत राख्नु पर्ने उल्लेख गर्नुभएकाे छ । मेयर श्रेष्ठले स्वस्थ प्रतिस्पर्धा गर्न नजानेको भन्दै खेद प्रकट समेत गर्नुभएको छ ।

धुलिखेल नगरपालिकामा राजनैतिक आग्रह पुर्वाग्रह बिना काम मेयर श्रेष्ठले ठोकुवा गर्नुभयो । मेयर श्रेष्ठले एक पटक आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई नगरपालिकाले गरिरहेको कामका बारेमा सोध्न आग्रह गर्दै नगरपालिकाको कुनै पनि क्षेत्रमा बहुमत र अल्पमतको अवस्था सृजना नगरी समता मुलक बिकास अगाडी बढिरहेको भन्दै गैर जिम्मेवारी र पूर्वाग्रह नसाद्न आग्रह गर्नुभएको छ ।

अप्रजातान्त्रिक सोच बोकेर समाजमा भ्रम नछर्न पनि मेयर श्रेष्ठले आग्रह गर्नुभएको छ । बाटो, बत्ती, पानी, शिक्षा स्वास्थ,कृषि, पर्यटन, समाबेशी विकास र पादर्शिताका सवालमा आफ्नो नेतृत्व कुनै पनि हालतमा कमजोर रहेको मेयर श्रेष्ठको भनाई छ । ‘स्वस्थ प्रतिस्पर्धामा हामी कहिले पछडि छैनौ । नागरिक जीवनको लागि हाम्रो कर्तव्यबोध र कर्तब्य परायनता कमजोर जगमा उभिएको छैन ।’ मेयर श्रेष्ठले भन्नुभएको छ ।

प्रकाशित मिति : २०७७, २१ भाद्र आईतबार  ९ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले