२०८३, ९ कार्तिक सोमबार

काभ्रेका यी हुन् अहिले एक जनापनि कोरोना संक्रमित नभएका स्थानीय तह

काभ्रेका यी हुन् अहिले एक जनापनि कोरोना संक्रमित नभएका स्थानीय तह


धुलिखेल, २० भदौँः काभ्रेको सहर उन्मुख स्थानीय तहहरुलाई कोरोना संक्रमितको ब्यवस्थापन हम्मेहम्मे परिरहेको बेला सातवाट स्थानीय तहमा भने अहिले एक जना पनि संक्रमित देखिएका छैनन् । जिल्लामा १३ स्थानीय तह छन् ।

६ वटा नगरपालिका मध्ये मण्डनदेउपुर नगरपालिका बाहेक अन्य नगरपालिकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । मण्डनदेउपुरमा एकजना पनि कोरोना संक्रमित नरहेको स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कले देखाएको छ । ७ वटा गाउँपालिका मध्ये भुम्लु गाउँपालिकामा मात्रै संक्रमित छन् । भुम्लुमा महिला र पुरुष १÷१ संक्रमित छन् ।

सबैभन्दा बढी बनेपा नगरपालिकाले कोरोना संक्रमितको सामाना गरिरहेको छ । बनेपामा ५८ जना महिला र ८४ जना पुरुष गरी १४२ कोरोना संक्रमित छन् । धुलिखेल नगरपालिकामा १३ महिला र १७ पुरुष गरी ३० जना संक्रमित रहेका छन् । पनौती नगरपालिकामा १ जना महिला र ३ जना पुरुष संक्रमित छन् । पाँचखाल नगरपालिकामा ३ जना महिला र २ पुरुष गरी संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा शनिबार थपिएका १७ सहित कोरोना संक्रमितको संख्या ३१६ जना पुगेको छ । १९५ जना पुरुष र १२१ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख, नरेन्द्र कुमार झाले बताउनुभयो । हालसम्म ११७ जना निको भएका छन् । ७९ जना पुरुष र ३८ जना महिला निको भएका हुन् ।

जिल्लामा ११५ जना पुरुष र ८२ जना संक्रिय संक्रमित रहेका छन् । उनीहरुमा लक्षण सहितको कोरोना देखिएको हो । जिल्लामा १५६ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । ४१ जना संक्रमित आफ्नै घरको आइसोलेसनमा रहेका छन् । जिल्लामा एक जना महिला र एक जना पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार  ३ : ५१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि