२०८३, १५ बैशाख बुधबार

काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि प्रति दुर्व्यहार !

काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधि प्रति दुर्व्यहार !


धुलिखेल, १५ भदौँः काभ्रेको खानीखोला गाउँपालिकाका जनप्रतिनिधिमाथि दुब्र्यहार भएको छ । स्थानीय युवाहरुले जनप्रतिनिधि माथि दुर्व्यहार गरेका हुन् । सचेत युवा समूह नामक दिएर प्रविण तिमल्सिना, खड्ग बहादुर विक, केशब बन्जारा, विवेक वाईबा, कुशन बल, रोशन मोत्ते, युकेश बल र रमेश तिमल्सिनाको समूहले जनप्रतिधि मार्फत दुर्व्यहार गरेको गाउँपालिकाले जनाएको छ ।

यी युवाहरुको समूहले वडा नम्बर ६ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मान बहादुर गोले सहित कर्मचारीलाई कोठाभित्र राखेर तालाबन्दी गरिदिएको बताइएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद अधिकारीले आज जारी गर्दै जनप्रतिनिधि र कर्मचारीमाथि अमानविय र अमर्यादित कार्य गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

गाउँपालिकाले युवाहरुलाई अराजक समूह भएको भन्दै उनीहरुले पालिकालाई लगाएको आरोपमा कुनै सत्यता नरहेको विज्ञप्तिमा भएको छ । युवाहरुले पालिकाका विभिन्न ठाउँमा भ्रम फैलाइरहेको समेत विज्ञप्तिमा भनिएको छ । पालिकाका अनुसार प्रविण तिमल्सिनाले पटक पटक सामाजिक सञ्जालमा कर्मचारीप्रति घोचपेच गर्दै भ्रामक प्रचार गर्दै आएको दाबी गरेको छ ।

ती युवाहरुले जनप्रतिनिधि र कर्मचारी प्रति असन्तुष्टि जनाउँदै अपिल पत्र बुझाएका थिए । युवाहरुले अपिल पत्रमा कर्मचारीलाई महिनौँ कार्यालय बन्द गर्ने, वर्षे बिदा बसेजस्तै गर्ने, जन्ति जस्तै लस्कर आउने र समुदायमा कोभिड १९ फैलाउने काम गरेको आरोप लगाएका छन् ।

गाउँपालिकाले कोरोना भाइरसबाट जोगिन भौतिक दुरी कायम गरि बस्नुपर्ने भएकाले केहि कर्मचारी गाउँपालिका, केहि वडा कार्यालयमा, अनलाईन सेवा मार्फत अनलाईन सेवा दिएको र जनतालाई दुःख नदिएको दाबी गरेको छ । २०७६ साल चैत ११ गतेदेखि जारी लकडाउनका कारण सम्पूर्ण कार्यालय बन्द भई अति आवश्यक काम मात्र भएको र कर्मचारीलाई सार्वजनिक बिदा दिएको अवस्थामा समेत कर्मचारी तथा जनप्रतिनिधि गाउँपालिकामा आई विकास निर्माण तथा प्रशासनिक काम निरन्तर भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार  ७ : २० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले