धुलिखेल, १० भदौः धुलिखेल नगरपालिकाले ५ दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि साउन ३० गतेदेखि लागु हुने गरी नगरपालिकाले सबै सेवा आजसम्मका लागि बन्द गरेको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब संकलन र परीक्षणको काम भइरहेको भन्दै नगरप्रमुख अशोक कुमार ब्याञ्जुले भदौँ १५ गतेसममका लागि सम्पूर्ण सेवाहरु बन्द भएको बताउनुभयो ।
अन्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न नगरपालिकाले आग्रह गरेको छ । त्यस्तै बैठक, गोष्ठि, भेला जस्ता भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न पनि नगरप्रमुख ब्याञ्जुले आग्रह गर्नुभयो ।








प्रतिक्रिया