२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा कोरोना संक्रमितको संख्या १६२ पुग्यो, ६३ जना निको भएर घर फर्किए

काभ्रेमा कोरोना संक्रमितको संख्या १६२ पुग्यो, ६३ जना निको भएर घर फर्किए


धुलिखेल, ९ भदौः काभ्रेमा मंगलबार एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६२ पुगेको छ ।

थपिएका संक्रमितमा पनौती नगरपालिकाका विभिन्न वडाका २०, ३२, ४० र ४४ बर्षका ४ जना पुरुष, ३९ र ४० गर्षका दुई जना महिला गरी ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै बनेपा नगरपालिका स्थानीय ठेगाना भएका ९, २८, ३२ र ६० बर्षका ४ जना महिला ४ बर्षीय बालक र ५९ बर्षीय एक पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेका मण्डनदेउपुर नगरपालिका घर भई हाल भुम्लु गाउँपालिकाको वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ४९ बर्षीय एक जना महिलामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म कोरोना भाइरसलाई जित्नेको संख्या ६३ पुगेको छ । ९७ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार  ७ : ४७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि