२०८३, १५ बैशाख बुधबार

काभ्रेमा कोरोना संक्रमितको संख्या १६२ पुग्यो, ६३ जना निको भएर घर फर्किए

काभ्रेमा कोरोना संक्रमितको संख्या १६२ पुग्यो, ६३ जना निको भएर घर फर्किए


धुलिखेल, ९ भदौः काभ्रेमा मंगलबार एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६२ पुगेको छ ।

थपिएका संक्रमितमा पनौती नगरपालिकाका विभिन्न वडाका २०, ३२, ४० र ४४ बर्षका ४ जना पुरुष, ३९ र ४० गर्षका दुई जना महिला गरी ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै बनेपा नगरपालिका स्थानीय ठेगाना भएका ९, २८, ३२ र ६० बर्षका ४ जना महिला ४ बर्षीय बालक र ५९ बर्षीय एक पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेका मण्डनदेउपुर नगरपालिका घर भई हाल भुम्लु गाउँपालिकाको वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ४९ बर्षीय एक जना महिलामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म कोरोना भाइरसलाई जित्नेको संख्या ६३ पुगेको छ । ९७ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ९ भाद्र मंगलबार  ७ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले