धुलिखेल, ८ भदौः धुलिखेल नगरपालिकाको वडा नम्बर ३ स्थित बतासे डाँडामा फेला परेको किराँतकालिन मुर्ति नगरपालिकाको जिम्मा लगाइएको छ । सडक खन्ने क्रममा केहि हप्ता अघि मुर्ति फेला परेको थियो ।
मुर्ती फेलापरेपछि स्थानीयले बतासेडाँडामै प्रतिस्थापन गरेका थिए । तर त्यहाँ राख्दा असुरक्षित हुनेभएकाले नगरपालिकाको जिम्मा लगाइएको स्थानीय युवा सिबि तामाङले जानकारी दिनुभयो । पुरातत्वविद्हरुले पनि यो मुर्ती ऐतिहासिक रहेको बताएका छन् ।
सिबि तामाङ, सुरेन्द्र पराजुली, हिरा बहादुर तामाङ, राम प्रसाद नेपाल, सुन्दर लामा लगायतका युवाहरुले गाउँमा राख्दा असुक्षित हुने भएकाले नगरपालिकाको जिम्मा लगाइदिएका हुन् । मुर्तीको एउटा हात छिनेको छ ।
गत वर्षपनि काभ्रेकै पाँचखाल नगरपालिका वडा नम्बर १३ तेमालबेशीमा किराँतकालिन स्तम्भ भेटिएको थियो ।








प्रतिक्रिया