धुलिखेल, ३० साउनः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ स्थित लिदीमा पहिरो जाँदा ३७ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीका लागि नेपाली सेना परिचालन गरिएको छ । शुक्रबार विहान गाउँमाथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् ।
घटनास्थलको प्रत्यक्ष निरीक्षणका लागि सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली पुगेको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उद्दारका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको भन्दै संयमता अपनाउन आग्रह गरेका छन् । साविकको गोल्चे गाविसमा पर्ने लिदीमा तामाङ सामुदायको बसोबास थियो ।
गाउँभन्दा माथिको जमिनमा धाँजा फाटेको भन्दै स्थानीयहरुले बस्ती स्थान्तरणका लागि पटक पटक प्रशासनसँग आग्रह गर्दै आएका थिए । तर समयमै बस्ती स्थान्तरण नहुदाँ दर्जनौँले ज्यान गुमाएका छन् । बस्ती उजाडिएको छ ।









प्रतिक्रिया