२०८३, ९ कार्तिक सोमबार

काभ्रेको भुम्लुमा १९ वर्षीय पुरुषमा कोरोना संक्रमण, वडा नं ६ सिल गरियो

काभ्रेको भुम्लुमा १९ वर्षीय पुरुषमा कोरोना संक्रमण, वडा नं ६ सिल गरियो

जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुग्यो


धुलिखेल २६ साउन : काभ्रेको भुम्लु गाउँपालिकामा १९ वर्षीय पुरुषमा कोरोना सक्रमण देखिएको छ । पालिकाको वडा नम्बर ६ कोताती भुम्लुका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । डाक्टर झाका अनुसार संक्रमीत पुरुषलाई धुलिखेल अस्पातालको आइसोलेसनमा राखिएको छ । वडा नं ६ मा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले त्यस वडालाई सिल गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मदनकुमार बजगाईले जानकारी दिनु भयो ।

काभ्रे जिल्लामा योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । त्यस मध्ये २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लामा हालसम्म १० हजार ४ सय ७६ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको संख्याको २७ वेडको रहेको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार  ५ : ५८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि