२०८३, १४ बैशाख मंगलबार

काभ्रेको भुम्लुमा १९ वर्षीय पुरुषमा कोरोना संक्रमण, वडा नं ६ सिल गरियो

काभ्रेको भुम्लुमा १९ वर्षीय पुरुषमा कोरोना संक्रमण, वडा नं ६ सिल गरियो

जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुग्यो


धुलिखेल २६ साउन : काभ्रेको भुम्लु गाउँपालिकामा १९ वर्षीय पुरुषमा कोरोना सक्रमण देखिएको छ । पालिकाको वडा नम्बर ६ कोताती भुम्लुका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । डाक्टर झाका अनुसार संक्रमीत पुरुषलाई धुलिखेल अस्पातालको आइसोलेसनमा राखिएको छ । वडा नं ६ मा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले त्यस वडालाई सिल गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मदनकुमार बजगाईले जानकारी दिनु भयो ।

काभ्रे जिल्लामा योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । त्यस मध्ये २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । जिल्लामा हालसम्म १० हजार ४ सय ७६ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको संख्याको २७ वेडको रहेको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार  ५ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले