२०८३, ७ कार्तिक शनिबार

आर्यघाटबाट जलाउन तयार शव बरामद, छोरा पक्राउ प्रहरी हिरासतमा

आर्यघाटबाट जलाउन तयार शव बरामद, छोरा पक्राउ प्रहरी हिरासतमा


काठमाडौं, १८ साउन काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कारका लागि पुर्याएको शव प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले ५० वर्षीय कृष्ण नेपालीको शव जलाउन लागेका बेला बरामद गरेको हो । छोराले हत्या गरेर दाहसंस्कार गर्न लगेको सुराकी पाएपछि शव बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तुलबहादुर कार्कीले बताउनु भयो।

महानगरीय प्रहरी परिसर ललितपुरको कृष्णको छोरा ३० वर्षीय सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको छ । ललितपुरको गोदावरी–६ का कृष्णको शनिबार उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भयो । शव आर्यघाट लगियो, गाउँलेलाई मलामी आउन भनियो । तर, गाउँलेभन्दा अगाडि प्रहरी पुगे ।

विहीबार राति मदिरा पिएका कृष्ण र छोरा ३० वर्षीय सन्तोषको बीचमा झगडा भएको थियो । विवाद हुँदा सन्तोषले बुवालाई कुटे । अनि उनी सुत्न गए । शुक्रबार साँझसम्म बाबु नउठेपछि उनले नेपाली सेनामा कार्यरत दाइलाई ‘बावु बिरामी भएको’ जानकारी गराए ।

अनि, दाइको सल्लाहमा पाटन अस्पताल लगे । टाउकोमा चोट लागेका कृष्णलाई पाटनले छाउनी अस्पतालमा रिफर गरेको थियो । छाउनीमा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७, १८ श्रावण आईतबार  ९ : २० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने