२०८३, ९ कार्तिक सोमबार

साँगामा जनयुद्धकालिन झल्को !

साँगामा जनयुद्धकालिन झल्को !


धुलिखेल, १३ साउनः तत्कालिन माओवादीले सञ्चालन गरेको युद्ध चरमउत्कर्षमा पुग्दै गर्दा राजधानी प्रवेश गर्न जति सास्ती खेप्नु पथ्र्यो । अहिले ठीक त्यसैको झल्को दिने गरी साँगा नाकामा यात्रुले सास्ती ब्यहोर्न बाध्य भएका छन् ।

युद्धका बेला नलिनञ्चोकमा तत्कालिन शाही नेपाली सेनाले चेकजाँच गथ्र्यो । सवारी साधन रोकिन्थे । यात्रुहरु ओर्लिएर केहि समय हिड्थे । शंका लागेकालाई सेनाले तत्काल नियन्त्रणमा लिन्थ्यो । अहिले मुलुकमा युद्धको बेला त होइन । तर हामी कोरोना भाइरसका कारण मानव सभ्यतासँगकै लडाइमा छाैँ ।

१ सय २० दिन लामो लकडाउन खुकुलो भयो । जिल्लाभित्र सवारी साधन चल्न पाउने सरकारले निर्णय गर्यो । यातायात ब्यवसायीले ग्यारेजमा थन्क्याएको सवारी साधन निकाले । सडकमा सवारी गुड्न थाले । आम सर्वसाधरणले केहि राहत महशुस गरे । तर साँगामा अहिले न स्वास्थ्य जाँच हुन्छ, न त कोरोना भाइरसबाट बच्ने कुनै उपायनै सिकाइन्छ । तर पनि नलिनञ्चोक देखि यात्रुलाई काभ्रेको साँगासम्म हिड्न बाध्य पारिएको छ । महिला, बालबालिका, बृद्धबृद्धाले अनावश्यक हैरानी ब्यहोरेका छन् ।

उनीहरुको पक्षमा बोलीदेखि कोहि छैनन् । उनीहरु बिद्रोह पनि गर्न सक्दैन् । कुम्लो, कुटोरो बोकेर १/२ किलो मिटर हिडेर अर्को गाडी चढ्न पुग्छन् । युद्घकाे बेला त यसरी सामान बाेकेर हिड्नु पर्ने थिएन । निजी गाडी र साना सावरी साधन मार्फत भने यात्रुहरु निर्वाध रुपमा राजधानी प्रवेश गरिरहेका छन् । तर सार्वजनिक बस चढ्ने यात्रु भने हिडाइमा पर्छन् । उनीहरुको मनले रोच्दो हो । देश त हुने खानेको मात्रै रहेछ !

राजधानी प्रवेश गर्ने सबैभन्दा ठूलो पूर्वी नाका काभ्रेको साँगामा यात्रुहरुले अनावश्यक रुपमा खेपेको सास्ती हटाउन ठोस पहल कतैबाट पनि भएको छैन । जसरी लकडाउन भएपछि आम सर्वसाधरणले राजधानीबाट आफ्नो पुख्र्यौली घर जान सास्ती खेपे । ठीक अहिले लकडाउन खुकुलो भएपछि राजधानी प्रवेश गर्न त्यसैलाई मेखो मार्ने गरी सास्ती ब्यहोरी रहेका छन् ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार  ८ : ३८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि