धुलिखेल, ११ साउनः काभ्रेको भुम्लु गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाकाे वडा नम्बर ८ का ३२ बर्षीयमा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयाेजक सुदर्शन भट्टराइले जानकारी दिनुभयाे ।
संक्रमित ती पुरुषलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित पुरुष साउदीबाट आइपुग्नुभएको हो । संक्रमण पुष्टि भएको ब्यक्ति साउन ३ गतेदेखि पालिकाको क्वारेन्टाइनमा बस्दै आइरहनुभएको थियो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । त्यसमध्ये २५ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । अन्य दुई जनाको भने आइसोलसनमा राखेर उपचार भइरहेको छ ।
धुलिखेल अस्पतालमा काभ्रे जिल्लाका १३ वाटै स्थानीय तहका गरी हालसम्म ८ हजार ९ सय ५३ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ । जेठ २३ गतेदेखि यता हालसम्म भारत बाहेकका तेस्रो मुकुलबाट जिल्लाका ३ सय २९ जना आइपुगेका छन् ।








प्रतिक्रिया