धुलिखेल, ६ साउनः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिला कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका लागि पाटन अस्पताल पुगेका ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
संक्रमित देखिएपछि वडा नम्बर १ र ८ को सिमा क्षेत्र पालिकाले सिल गरेको छ । पालिका अध्यक्ष जिम्बाका अनुसार चकमके, थिङटोल, सेपा, डवली, आकुरा, मैनडाँडा क्षेत्रलाई सिल गरिएको हो । यी टोलमा आवतजावत गर्न पाइने छैन । त्यस्तै अन्य ब्यक्तिलाई सिल गरेको क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ ।
संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाव संकलनका लागि स्वास्थ्य कर्मीको टोली परिचालन भइसकेको पालिका अध्यक्ष जिम्बाले बताउनुभयो ।









प्रतिक्रिया