२०८३, ९ कार्तिक सोमबार

चौरीदेउराली गाउँपालिकामा घरेलु रक्सी उत्पादन र बिक्री गर्न पूर्ण प्रतिबन्ध

चौरीदेउराली गाउँपालिकामा घरेलु रक्सी उत्पादन र बिक्री गर्न पूर्ण प्रतिबन्ध


धुलिखेल, २ साउनः काभ्रेको अति दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले आर्थिक बर्षको सुरुमै घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । प्रमुख प्रशासकी अधिकृत मानदास लामाले पालिकाभित्रको सबै क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।

गएको असार १० गते आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका प्रमुख दिननाथ गौतमले साउन १ गतेदेखि लागु हुने गरी उत्पादन, बिक्री वितरण र ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो ।

पालिकाले इलाका प्रहरी कार्यालय कात्तिकेदेउराली र सबै वडाहरुलाई पत्र पठाएर घरेलु मदिराको बिक्री वितरण र उत्पादन भए, नभएको बारे निगरानी राख्न आग्रह गरेको छ । पालिकाले साउन १५ गतेभित्र पालिकाकाभित्रका पसल सञ्चालकहरुहलाई मादक पदार्थ नष्ट वा फिर्ता गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ३ : १९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि