धुलिखेल, १ साउनः उद्धारको लागि गएको सशस्त्र प्रहरीको टोली सवारी र्याफ्टीङ बोट इन्द्रावती नदीमा दुर्घटनामा परेको छ । बोट केहि समय अघि दुर्घटनामा परेको मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनुभयो ।
मेलम्ची खानेपानी आयोजनामा बेपत्ता भएकाको खोजीका लागि पुगेको तालिम प्राप्त उद्धार टोलीलाई इन्द्रावती नदी बगाएको बताइएको छ । उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीलाई खबर गरिसकेको इन्जिनियर कार्कीले बताउनुभयो ।
बोटमा ७ जना सवार रहेकाे बताइएकाे छ । त्यसमध्ये ३ जनाकाे फेला परेका छन् । बाँकी ४ जनाकाे खाेजी भइरहेकाे बताइएकाे छ । नगरपालिकाको वडा नम्बर ११ मेलम्ची पुलबाट र्याफ्टिङ बोट बगाएको हो । बाहुने पाटीमा बाेट फेला परेकाे स्थानीयले बताएका छन् ।
इन्द्रावती नदीमा पानीकाे बहाव निकै बढेकाे छ । मेलम्ची खानेपानीकाे सुरूङमा समस्या आएपछि हेर्न गएको इन्जिनियर रहेको टोलीलाई बगाएको थियो । उनीहरुकै खोजीका लागि गएको सशस्त्र प्रहरीको टोली दुर्घटनामा परेको हो ।








प्रतिक्रिया