२०८३, ९ कार्तिक सोमबार

Breaking News: इन्द्रावती नदीमा सशस्त्र प्रहरीको उद्धार टोली दुर्घटनामा पर्यो

Breaking News: इन्द्रावती नदीमा सशस्त्र प्रहरीको उद्धार टोली दुर्घटनामा पर्यो



धुलिखेल, १ साउनः उद्धारको लागि गएको सशस्त्र प्रहरीको टोली सवारी र्याफ्टीङ बोट इन्द्रावती नदीमा दुर्घटनामा परेको छ । बोट केहि समय अघि दुर्घटनामा परेको मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनामा बेपत्ता भएकाको खोजीका लागि पुगेको तालिम प्राप्त उद्धार टोलीलाई इन्द्रावती नदी बगाएको बताइएको छ । उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीलाई खबर गरिसकेको इन्जिनियर कार्कीले बताउनुभयो ।

बोटमा ७ जना सवार रहेकाे बताइएकाे छ । त्यसमध्ये ३ जनाकाे फेला परेका छन् । बाँकी ४ जनाकाे खाेजी भइरहेकाे बताइएकाे छ । नगरपालिकाको वडा नम्बर ११ मेलम्ची पुलबाट र्याफ्टिङ बोट बगाएको हो । बाहुने पाटीमा बाेट फेला परेकाे स्थानीयले बताएका छन् ।

इन्द्रावती नदीमा पानीकाे बहाव निकै बढेकाे छ । मेलम्ची खानेपानीकाे सुरूङमा समस्या आएपछि हेर्न गएको इन्जिनियर रहेको टोलीलाई बगाएको थियो । उनीहरुकै खोजीका लागि गएको सशस्त्र प्रहरीको टोली दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ८ : २८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि