२०८३, १४ बैशाख मंगलबार

मण्डनदेउपुरको पौडेल टोलमा एक घर, एक धारा

मण्डनदेउपुरको पौडेल टोलमा एक घर, एक धारा


कुन्ता बेशी, ३० असारःकाभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ धाईटार स्थित पौडेल टोलमा एक घर, एक धारा कार्यक्रम अन्तर्गत खानेपानी वितरणको काम सुरु भएका हो छ । पौडेलले टोलका ७६ घरधुरीमा एक घर एक धारा अन्तर्गत खानेपानी सेवा विस्तार भएको हो ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेल, वडाअध्यक्ष झलकप्रसाद पौडेलको सक्रियतामा खानेपानीको चरम अभाव झेल्दै आएका स्थानीयहरुको लागि खानेपानीको व्यवस्था स्वरुप एक घर एक धाराको अवधारणा आएको हो ।

भवानी खानेपानी तथा सरसफाई आयोजनाले २०६० सालदेखि काम सुरु गरेर २०६१ सालवाट खानेपानी वितरण भएपनि व्यवस्थापन हुन नसक्दा खानेपानीको विस्तार राम्रोसँग हुन सकेको थिएन । २०७२ सालको भुकम्पका कारणले खानेपानी क्षती भएसँगै मिष्टर वाटसनले धुलिखेल अस्पताल मार्फत १९ लाख ६७ हजार र वडा कार्यालय मार्फत एक लाख ६७ हजार रुपिया विनियोजन भएको थियो ।

गाउँमा खानेपानी पुर्याउन सुरुदेखिनै स्थानीय नागरिकहरुले श्रमदान गरेका थिए । एक घर, एक धारा कार्यमा न्यूनतम रकम तोक्न उपभोक्ता समितिको बैठक बस्ने निर्णय समेत भएको छ । घर घरमै पानी सहितको धारा पुगेपछि पुगेपछि स्थानीय खुशी भएका छन् । एकघर, एक धारा कार्यक्रमको केही दिनमै उद्घाटन गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष सुर्दशन पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ९ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले