२०८३, ९ कार्तिक सोमबार

मण्डनदेउपुरको पौडेल टोलमा एक घर, एक धारा

मण्डनदेउपुरको पौडेल टोलमा एक घर, एक धारा


कुन्ता बेशी, ३० असारःकाभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ धाईटार स्थित पौडेल टोलमा एक घर, एक धारा कार्यक्रम अन्तर्गत खानेपानी वितरणको काम सुरु भएका हो छ । पौडेलले टोलका ७६ घरधुरीमा एक घर एक धारा अन्तर्गत खानेपानी सेवा विस्तार भएको हो ।

नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेल, वडाअध्यक्ष झलकप्रसाद पौडेलको सक्रियतामा खानेपानीको चरम अभाव झेल्दै आएका स्थानीयहरुको लागि खानेपानीको व्यवस्था स्वरुप एक घर एक धाराको अवधारणा आएको हो ।

भवानी खानेपानी तथा सरसफाई आयोजनाले २०६० सालदेखि काम सुरु गरेर २०६१ सालवाट खानेपानी वितरण भएपनि व्यवस्थापन हुन नसक्दा खानेपानीको विस्तार राम्रोसँग हुन सकेको थिएन । २०७२ सालको भुकम्पका कारणले खानेपानी क्षती भएसँगै मिष्टर वाटसनले धुलिखेल अस्पताल मार्फत १९ लाख ६७ हजार र वडा कार्यालय मार्फत एक लाख ६७ हजार रुपिया विनियोजन भएको थियो ।

गाउँमा खानेपानी पुर्याउन सुरुदेखिनै स्थानीय नागरिकहरुले श्रमदान गरेका थिए । एक घर, एक धारा कार्यमा न्यूनतम रकम तोक्न उपभोक्ता समितिको बैठक बस्ने निर्णय समेत भएको छ । घर घरमै पानी सहितको धारा पुगेपछि पुगेपछि स्थानीय खुशी भएका छन् । एकघर, एक धारा कार्यक्रमको केही दिनमै उद्घाटन गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष सुर्दशन पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ९ : १५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि