२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा एक युवतीमा कोरोना पुष्टि,वडा सिल

काभ्रेमा एक युवतीमा कोरोना पुष्टि,वडा सिल


धुलिखेल, २७ असारः काभ्रेमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ बुडोल की २४ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

ती युवतीकाे असार १९ गते स्वाब संकलन गरिएको थियो । २२ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । हाल उनलाई बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्यस मध्ये १० जना उपचारपछि घर फर्किएका छन् ।

यसैबीच कोरोना संक्रमित देखिएपछि बनेपा नगरपालिका वडा नम्बर ६ मा प्रवेश निषेध गरिएको छ । वडा कार्यालयले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै वडाभित्र प्रवेश गर्न रोक लगाएको हो ।

वडाध्यक्ष सचितानन्द केसीले आज एक सुचना निकालेर आवात आवाजमा पूर्ण रोक लगाएको बताउनुभयो । वडा कार्यालयले अरनिको राजमार्गको उत्तर तर्फ, शहिद मार्गको पश्चिम तर्फ, चण्डेश्वरी खोलाको पूर्व तर्फ र शहिद स्मारक क्षेत्रको दक्षिण खत्री गाउँ क्षेत्रमा अर्को सूचना जारी नहुदाँसम्म सिल गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  ५ : २६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले