२०८३, १३ बैशाख सोमबार

काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए

काभ्रेमा ६ जना कोरोना संक्रमित थपिए

अहिलेसम्म काभ्रेमा २० जना संक्रमित देखिएका छन्


धुलिखेल, २६ असारः काभ्रेमा ६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाण्डौमा गरिएको स्वाब परीक्षणमा आज जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ८ का ४० बर्षीय एक जना पुरुष, पनौती नगरपालिका वडा नम्बर ९ का २६ बर्षीय एक पुरुष, बनेपा नगरपालिकाका २४ बर्षीय एक पुरुष, बनेपा नगरपालिका वडा नम्बर १३ का ३० बर्षीय एक जना पुरुष, पनौती नगरपालिका वडा नम्बर २ का ४९ बर्षीय एक महिला र काभ्रे ठेगाना भएपनि स्थानीय नखुलेको २३ बर्षीय महिला संक्रमित भएका छन् ।

यो सँगै जिल्लाामा संक्रमितको संख्या २० पुगेको छ । त्यसमध्ये १० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । जिल्लाको १३ स्थानीय तह मध्ये तेमाल, रोशी, महाभारत र बेथानचोक गाउँपालिका तथा बनेपा र पनौती नगरपालिकामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ४ : २६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले