२०८३, ९ कार्तिक सोमबार

सिन्धुपाल्चाेकमा बाढीमा परी घाइतेहरुको हेलिकप्टर उद्धार गरिने

सिन्धुपाल्चाेकमा बाढीमा परी घाइतेहरुको हेलिकप्टर उद्धार गरिने


धुलिखेल, २५ असारः गएराति सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अरनिको राजमार्ग नै बगाउने गरी भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरको खोजी र उद्धार कार्यका लागि हेलिकप्टर प्रयोग गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा आज बसेको विपद् ब्यवस्थापन समिति, कमाण्ड पोष्टको आपतकालिन बैठकले घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रशासन कार्यालयले प्रारम्भिक जानकारी भन्दै बाह्रबिसे गाउँपालिकाका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जना गरी १८ जना बेपत्ता भएको जनाएको छ । अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा ११ वटा घर बगाएको छ । २ जनाको शव फेला परेको छ भने ३ जना घाइते छन् । १४ जना बेपत्ता छन् ।

त्यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ५ लाम्बोटेमा पहिरोले २ वटा घर बगाएको जिल्ला प्रशासकन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । लाम्बोटेका ४ जना बेपत्ता छन् भने २ जना घाइते भएका छन् ।

पहिरोमा पुरी बेपत्ता भएकाहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले खोजी भइरहेको छ । त्यस्तै घरबार बिहीन भएकाहरुलाई तत्काल त्रिपाल, भाँडाकुडा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक मार्फत विरतण गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले अवरुद्ध अरनिको राजमार्ग लगायतका सडक स्काभेरट प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय चरिकोटलाई आग्रह गरेको छ । त्यस्तै मानवीय तथा भौतिक क्षतिको वितरण संकलन, उद्धार, खोजी तथा राहत वितरण कार्यको संयोजक गर्न र विभिन्न निकायहरुमा सूचना आदान प्रदान तथा समन्वय गर्न प्रशासन कार्यालयमा कमाण्ड पोष्ट स्थापना गर्ने निर्णय भएको प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  १ : ५९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि