२०८३, ९ कार्तिक सोमबार

पाँचखालमा थपिए दुई जना कोरोना संक्रमित

पाँचखालमा थपिए दुई जना कोरोना संक्रमित


धुलिखेल , १८ असारः काभ्रेको पाँचखाल नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पिसिआर चेक गर्ने क्रममा दुई जनामा कोरोना पुष्टि भएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले जानकारी दिए ।

दिल्लीबाट असार २ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ९ का ३७ बर्षिय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुग्नु भएका वडा नम्बर ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमतिहरुलाई नगरपालिकाले स्थापना गरेको आइसोलेशन कक्षमा राखिएको मेयर खरेलले बताए । नगरको क्वारेन्टाइनमा रहनु भएका २४ जनाको पिसिआर चेक गरिएको थियो । त्यसमध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।

पाँचखालमा यसअघि पनि भारतबाट आएका एक जना पुरुष संक्रमित भएका थिए । योसँगै जिल्लामा संक्रमणको संख्या ९ पुगेको छ । त्यस मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् । पाँचखालका संक्रमित पनि उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७, १८ असार बिहीबार  ११ : ४२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि