२०८३, ९ कार्तिक सोमबार

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट बनाउन ब्यस्त

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट बनाउन ब्यस्त

पुरानै योजनाले प्राथमिकता पाउने


धुलिखेल ८ असारः काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट बनाउन ब्यस्त देखिएका छन् । वडास्तरबाट आएका योजना माथि विश्लेषण गरेर बजेट बनाउन जनप्रनिधि र कर्मचारी जुटेका हुन् ।

जिल्लामा १३ वटा स्थानीय तह छन् । ६ वटा नगरपालिकाका ७४ वटा वडाहरुबाट योजना संकलन भइसकेका छन् । त्यस्तै ७ वटा पालिकाका ६१ वटै वडाहरुबाट आएका योजनाका लागि बजेट छुट्याउने काम भइरहेको गाउँपालिकाहरुले जनाएका छन् । असार १० गतेभित्र देशभरका स्थानीय तहरुले नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार काभ्रेका जनप्रतिनिधि र कर्मचारी योजना, बजेट र कार्यक्रम बनाउन खटिएका हुन् ।

काभ्रेका धेरै जसो स्थानीय तहहरुले चालु आर्थिक वर्षकै योजनालाई निरन्तरता दिने गरि योजना बनाइरहेको पाइएको छ । चैत महिनादेखि जारी लकडाउनका कारण चालु आर्थिक वर्षका महत्वपूर्ण योजनाहरु थाति रहेकाले पुरानै योजनाले प्राथमिकता पाउने देखिएको हो ।

पनौती नगरपालिकाको बोर्ड बैठकमा अनुमानित १ अर्ब १५ करोड ६१ लाख १४ हजार ५ सय बजट असार १० गते नगरपरिषद्मा पेश गर्ने भन्ने विषयमा छलफल भएको हो ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ६ : १३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि