२०८२, २२ चैत्र सोमबार

मण्डनदेउपुरको तिनधारमा नमुना तामाङ बस्ति शिलान्यास

मण्डनदेउपुरको तिनधारमा नमुना तामाङ बस्ति शिलान्यास


धुलिखेल, ५ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० तिनधारमा एकीकृत नमुना तामाङ बस्ति निर्माणको काम सुरु भएको छ । नमुना बस्ती निर्माणको शुक्रबार नगरप्रमूख टोक बहादुर वाइबाले शिलान्यास गरेका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको ५० लाख सहयोगमा ३२ वटा घर निर्माण हुनेछ । नमुना बस्ति निर्माणका लागि नगरपालिकाले पनि १० लाख रुपैयाँ सहयोग गरेको छ । नमुना बस्ति निर्माणको लागि जग्गा सम्याउने र सडक पुर्याउने काम सकिसकेको छ । यहि महिनाभित्र सामुदायिक भवन निर्माण भइसक्ने जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका प्रमुख महालक्ष्मी जोशीले जानकारी दिए ।

बरण्डा सहितको ४ कोठे घर निर्माण हुनेछ । ३५ रोपनी क्षेत्रफल जमिनमा तामाङ समुदायको संस्कार र सस्कृति झल्कने घर, गुम्बा लगायतका संरचना निर्माण हुने छ । पुननिर्माण प्राधिकरण र स्थानीयको सहयोगमा नमूना तामाङ बस्ती निर्माण हुने स्थानीय राम बहादुर लामाले बताए ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ६ : १० बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको