२०८३, ९ कार्तिक सोमबार

सिन्धुपाल्चोकमा १८ जना संक्रमित थपिए

सिन्धुपाल्चोकमा १८ जना संक्रमित थपिए


धुलिखेल ५ असारः सिन्धुपाल्चोक जिल्लामा १८ जना कोरोना संक्रमति थपिएका छन् । यसअघि ६ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्लामा संक्रमितका संख्या २४ पुगेको छ ।

क्षेत्रिय क्वारेन्टाइन मेलम्ची र बाहुने पाटीको क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण पुष्टिको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रयोगशालाले राति संक्रमितहरुको विवरण पठाएको हो ।

संक्रमण हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिकाका ११ जना, हेलम्बु गाउँपालिकाका ३ र मेलम्ची नगरपालिकाका ४ जना रहेका छन् । जिल्लामा ३८ जना मात्रै राख्न मिल्ने आइसोलसन बेड छन् । आज उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने प्रमुख चापागाईले बताए ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ७ : २८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि