२०८३, १६ बैशाख बिहीबार

पलाञ्चोक भगवती मन्दिरको सुरक्षाका लागि सिसि क्यामेरा जडान

पलाञ्चोक भगवती मन्दिरको सुरक्षाका लागि सिसि क्यामेरा जडान


धुलिखेल, ४ जेठः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ मा रहेका पलाञ्चोक भगवती मन्दिरको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिएको छ । भवगती मन्दिर, कालिदेवी मन्दिर, गणेशस्थान चोक, पार्किङ क्षेत्र, वडा कार्यालय र इलाका प्रहरी कार्यालय आसपास सिसि क्यामेरा जडान गरिएको हो ।

बिहीबार १० वटा सिसि क्यामेरा जडान गरिएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा क्यामेरा जडान गरिएको हो । मन्दिर आसपास हुने सबै क्रियाकलाप इलाका प्रहरी कार्यालयले निगरानी राख्नेछ ।

यसअघि पनि धेरै पटक मन्दिर क्षेत्रमा चोरी भएको भन्दै क्यामेरा जडान पछि मन्दिरको मुर्ति र अन्य भौतिक सामानहरुको सुरक्षा हुने वडाध्यक्ष श्रेष्ठले बताए । ‘यसअघि पनि थुप्रै पटक मन्दिरमा चोरी घटना भएका छन्, पत्ता लगाउन निकै मुस्किल परिरहेको छ, वडाध्यक्ष श्रेष्ठले भने ‘सिसि क्यामेरा जडान पछि भगवती मन्दिरको सुरक्षामा थप मद्दत पुग्नेछ ।’

३२ वटा सिसि क्यामेरा जडान गर्न मिल्ने भएपछि चालु आर्थिक वर्षमा १० वटा मात्रै जडान गरिएको छ । मन्दिरको गुठियाहरुसँग थप छलफल गरेर बाँकी क्यामेरा जडान गरिने वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ६ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले