२०८२, २२ चैत्र सोमबार

नमोबुद्ध नगरपालिकाका किसानलाई फौजी किरा नियन्त्रण गर्न विषादी

नमोबुद्ध नगरपालिकाका किसानलाई फौजी किरा नियन्त्रण गर्न विषादी


धुलिखेल, ३२ जेठः काभ्रेको नमोबुद्ध नगरपालिकाले किसानलाई अमेरिकन फौजी किरा नियन्त्रणका लागि विषादी उपलब्ध गराएको छ । नगरका ११ ओटै वडामा लगाईएको मकै बालिमा फौजी किराको प्रकोप देखिन थाले पछि ५० प्रतिशत अनुदानमा किसानलाई विषादी उपलब्ध गरिएको नगरपालिकाका प्रवक्ता संजिव ढकालले जानकारी दिनुभयो ।

किसानले लगाएको हाईब्रिट जातका ९५ प्रतिशत मकै बालीमा फौजि किराको प्रकोप देखिएको छ । पहिलो चरणमा दुई सय पचास जना किसानलाई प्राविधिकले सिफारिस गरेको विषदी बितरण गरिएको छ । एक जना किसान बराबर ४ देखी ६ रोपनीमा छर्कन पुग्ने गरी विषादी उपलब्ध गराईएको हो ।

नगरले फेरी एक सय जना किसानलाई पुग्ने विषादी वडा वडामा पठाईसकेको छ । नगरको सबै क्षेत्रमा मकै उत्पादन भए पनि दाप्चा, फुलबारी, कानपुर, पिपलटार लगायतका क्षेत्रमा उत्पादन धेरै हुने गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

बितरण गरिएको विषदीले प्रभावकारी रुपमै काम गरेको बताईएको छ । नगरपालिकाका बिभिन्न कृषि सहकारीहरुले पनी किसानलाई विषदी बितरण गरेको छ ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ७ : ५० बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको