२०८३, ९ कार्तिक सोमबार

बनेपाका युवाहरुले भने ‘बर्षा राउत आइ लभ यू’

बनेपाका युवाहरुले भने ‘बर्षा राउत आइ लभ यू’


धुलिखेल, ३० जेठः अहिले देशभर केहि युवाहरु अनाहकमा सरकारको विरुद्धमा सडकमा उत्रिएका छन् । लकडाउन छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि विश्व स्वास्थ्य संगठन नै भौतिक दूरी कामय गर्न भनेको छ । तर केहि उत्तेजित युवाहरु बाहिरी आवरणमा सरकारको विरोधमा उत्रिएका छन् ।

उनीहरुको भित्री उद्देश्य भने अर्कै छ । जुन उनीहरुको कार्यले देखाइरहेको छ । उनीहरुको कार्य आधिकांश नेपालीले रुचाएका छैनन । आन्दोलनमा उत्तिएका युवाहरुले बोकेको प्ले कार्ड हेर्दा लाग्छ उनीहरु सामाजिक सद्भावमा खलल ल्याउन उद्त छन् ।

राजधानीका युवाहरुले सामाजिक मर्यादा विपरितका शब्द लेखिएका प्ले कार्ड बोकेर तमसा देखाइरहेका बेला बनेपामा पनि आन्दोलन भएको छ । आन्दोलनमा सहभागि युवाहरुले अभिनेतृ बर्षा राउतलाई ‘आइ लभ यू’ लेखेको प्ले कार्ड बोकेका थिए ।

यसबाट पनि थाहा हुन्छ उनीहरुको भित्री उद्देश्य र कोबाट सञ्चालित छन् भन्ने कुरा । अभिनेतृ बर्षा राउत त्यस्ती नेतृ हुने जसले नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गरेपछि दिएको अभिब्यक्तिका कारण विवादमा आएकी थिइन् । उनलाई गाली नगर्ने नेपाली कमै थिए । तर सरकारको विरोध गर्न भन्दै सडकमा उत्रिएका युवाहरु उनै विवाति अभिब्यक्ति दिने बर्षा राउतलाई ‘आइ लभ यू’ लेखेको प्ले कार्ड बोकेर हिडेका छन् ।

सरकारले संसदमा दर्ता गराएको निशान छाप सहितको संविधान संशोधन भोली पारित हुदँै छ । त्यसैको पूर्व सन्ध्यामा केहि युवाहरु सडकमा उत्रिएका छन् । जसले मिठो नारा त दिएका छन् तर समय सुहाउँदो काम गरेका छैन । यी युवाहरुलाई अमेरिका र भारतीय दूताबास सञ्चालित भएको आरोप लागेको छ ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ७ : ०५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि