धुलिखेल, ३० जेठः अहिले देशभर केहि युवाहरु अनाहकमा सरकारको विरुद्धमा सडकमा उत्रिएका छन् । लकडाउन छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भन्नका लागि विश्व स्वास्थ्य संगठन नै भौतिक दूरी कामय गर्न भनेको छ । तर केहि उत्तेजित युवाहरु बाहिरी आवरणमा सरकारको विरोधमा उत्रिएका छन् ।
उनीहरुको भित्री उद्देश्य भने अर्कै छ । जुन उनीहरुको कार्यले देखाइरहेको छ । उनीहरुको कार्य आधिकांश नेपालीले रुचाएका छैनन । आन्दोलनमा उत्तिएका युवाहरुले बोकेको प्ले कार्ड हेर्दा लाग्छ उनीहरु सामाजिक सद्भावमा खलल ल्याउन उद्त छन् ।
राजधानीका युवाहरुले सामाजिक मर्यादा विपरितका शब्द लेखिएका प्ले कार्ड बोकेर तमसा देखाइरहेका बेला बनेपामा पनि आन्दोलन भएको छ । आन्दोलनमा सहभागि युवाहरुले अभिनेतृ बर्षा राउतलाई ‘आइ लभ यू’ लेखेको प्ले कार्ड बोकेका थिए ।
यसबाट पनि थाहा हुन्छ उनीहरुको भित्री उद्देश्य र कोबाट सञ्चालित छन् भन्ने कुरा । अभिनेतृ बर्षा राउत त्यस्ती नेतृ हुने जसले नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गरेपछि दिएको अभिब्यक्तिका कारण विवादमा आएकी थिइन् । उनलाई गाली नगर्ने नेपाली कमै थिए । तर सरकारको विरोध गर्न भन्दै सडकमा उत्रिएका युवाहरु उनै विवाति अभिब्यक्ति दिने बर्षा राउतलाई ‘आइ लभ यू’ लेखेको प्ले कार्ड बोकेर हिडेका छन् ।
सरकारले संसदमा दर्ता गराएको निशान छाप सहितको संविधान संशोधन भोली पारित हुदँै छ । त्यसैको पूर्व सन्ध्यामा केहि युवाहरु सडकमा उत्रिएका छन् । जसले मिठो नारा त दिएका छन् तर समय सुहाउँदो काम गरेका छैन । यी युवाहरुलाई अमेरिका र भारतीय दूताबास सञ्चालित भएको आरोप लागेको छ ।








प्रतिक्रिया