२०८३, ९ कार्तिक सोमबार

पाँचखालका संक्रमितका परिवारमा कोरोना भाइरस नभएकाे पुष्टि

पाँचखालका संक्रमितका परिवारमा कोरोना भाइरस नभएकाे पुष्टि


धुलिखेल, २८ जेठ : काभ्रेको पाँचखाल नगरपालिका ३९ बर्षीय कोरोना संक्रमित पुरुषका घरपरिवारका सदस्यहरुमा कोरोना भाइरस नभेटिएको पाइएको छ । धुलिखेल अस्तपताल स्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस नदेखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उज्जवल अधिकारीले जानकारी दिए ।

भारतबाट आएका ती कोरोना संक्रमित पुरुषलाई नगरपालिकाले नै रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको थियो । तर घर पुगेको १६ घण्टा बित्न नपाउँदै कोरोना संक्रमित रिपोर्ट आएको थियो । ११ दिनसम्म क्वारेन्टाइनमा बसेका उनलाई रिपोर्ट नेगेटिभ रहेको भन्दै घर पाइएपछि पाँचखालमा सर्वस्त्र विरोध भएको थियो ।

त्यसपछि ती संक्रमित पुरुषका परिवारका दुई छोरा र श्रीमतीलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका उनका परिवार सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परिवारका ३ सदस्य सहित क्वारेन्टाइनमा रहेका वडा नम्बर १२ का ३१ बर्षीय पुरुषको पनि रिपोर्ट नेगेटिभ स्वास्थ्य संयोजक अधिकारीले बताए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ३ : ५० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि