२०८३, १६ बैशाख बिहीबार

पाँचखालका संक्रमितका परिवारमा कोरोना भाइरस नभएकाे पुष्टि

पाँचखालका संक्रमितका परिवारमा कोरोना भाइरस नभएकाे पुष्टि


धुलिखेल, २८ जेठ : काभ्रेको पाँचखाल नगरपालिका ३९ बर्षीय कोरोना संक्रमित पुरुषका घरपरिवारका सदस्यहरुमा कोरोना भाइरस नभेटिएको पाइएको छ । धुलिखेल अस्तपताल स्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस नदेखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उज्जवल अधिकारीले जानकारी दिए ।

भारतबाट आएका ती कोरोना संक्रमित पुरुषलाई नगरपालिकाले नै रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको थियो । तर घर पुगेको १६ घण्टा बित्न नपाउँदै कोरोना संक्रमित रिपोर्ट आएको थियो । ११ दिनसम्म क्वारेन्टाइनमा बसेका उनलाई रिपोर्ट नेगेटिभ रहेको भन्दै घर पाइएपछि पाँचखालमा सर्वस्त्र विरोध भएको थियो ।

त्यसपछि ती संक्रमित पुरुषका परिवारका दुई छोरा र श्रीमतीलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका उनका परिवार सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परिवारका ३ सदस्य सहित क्वारेन्टाइनमा रहेका वडा नम्बर १२ का ३१ बर्षीय पुरुषको पनि रिपोर्ट नेगेटिभ स्वास्थ्य संयोजक अधिकारीले बताए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ३ : ५० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले