२०८३, ७ कार्तिक शनिबार

धनुषामा मध्यराति एकान्तमा बोलाएर युवाको गोली हानी हत्या

धनुषामा मध्यराति एकान्तमा बोलाएर युवाको गोली हानी हत्या


धनुषा, २८ जेठ : धनुषामा एक २५ वर्षीय युवालाई मध्यराति एकान्त ठाउँमा बोलाएर गोली हानी हत्या गरिएको छ ।

धनुषाको सबैला नगरपालिका–७ लवटोलीका २५ वषीृय हारुन मण्डललाई अज्ञात समूहले गए राति एकान्तमा लगेर गोली प्रहार गरी हत्या गरेको हो ।

घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर गोली प्रहार गरी युवकको हत्या गरेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिएका छन् ।

उनको शव घरभन्दा करीब २ सयमिटर टाढा फेला परेको यादवले बताए । युवकको छातीमा गोली लागेको छ । युवकको कसले र किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान शुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ९ : १६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने