२०८३, ७ कार्तिक शनिबार

बनेपाबाट गणेश मुर्ती चोरी

बनेपाबाट गणेश मुर्ती चोरी


धुलिखेल, २६ जेठः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ स्थित तला हिटीमा रहेको गणेशको मुर्ती चोरी भएको छ । गएराती मुर्ती चोरी भएको नेवा गुठी समाज बनेपाका सदस्य सुमन रञ्जितले जानकारी दिए ।

उनका अनुसार आज विहान मुर्ती रहेको ठाउँमा हेर्दा नदेखेपछि चोरी भएको पत्ता लागेको हो । कसले चार्यौ भन्ने बारेमा केहि पत्ता नलागेको उनले बताए । स्थानीयहरुले मुर्ती खोजिन वडा कार्यालय र प्रहरीमा निवेदन दिने तयारी गरिरहेका छन् । ‘विहानै हेर्दा मुर्ती देखिएन, सदस्य रञ्जितले भने ‘साविककाे ठाउँमा मुर्ती नभएपछि पुजा गर्ने स्थानीयहरू चिन्तित हुनुहुन्छ । ’

मौलिक गणेशको मुर्ती चोरी भएपछि स्थानीयहरु चिन्तित बनेका छन् । बनेपाका पुरानो बस्तीहरुमा रहेका देवी देवताको मुर्ती यस अघि पनि चोरी हुदैँ आएका छन् । कतिपय ठाउँका मुर्ती अहिलेसम्म पत्ता लाग्न नसकेको गुठीका अध्यक्ष जनिल मानन्धरले बताए । ‘बनेपामा यस अघि पनि थुप्रै ऐतिहासिक मुर्तीहरु चोरी भएका छन्, अध्यक्ष मानन्धरले भने ‘कतिपय मुर्ती त अहिलेसम्म पनि फेला परेको छैन ।’

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  १० : ३६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने