२०८३, ११ बैशाख शनिबार

बनेपाबाट गणेश मुर्ती चोरी

बनेपाबाट गणेश मुर्ती चोरी


धुलिखेल, २६ जेठः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ स्थित तला हिटीमा रहेको गणेशको मुर्ती चोरी भएको छ । गएराती मुर्ती चोरी भएको नेवा गुठी समाज बनेपाका सदस्य सुमन रञ्जितले जानकारी दिए ।

उनका अनुसार आज विहान मुर्ती रहेको ठाउँमा हेर्दा नदेखेपछि चोरी भएको पत्ता लागेको हो । कसले चार्यौ भन्ने बारेमा केहि पत्ता नलागेको उनले बताए । स्थानीयहरुले मुर्ती खोजिन वडा कार्यालय र प्रहरीमा निवेदन दिने तयारी गरिरहेका छन् । ‘विहानै हेर्दा मुर्ती देखिएन, सदस्य रञ्जितले भने ‘साविककाे ठाउँमा मुर्ती नभएपछि पुजा गर्ने स्थानीयहरू चिन्तित हुनुहुन्छ । ’

मौलिक गणेशको मुर्ती चोरी भएपछि स्थानीयहरु चिन्तित बनेका छन् । बनेपाका पुरानो बस्तीहरुमा रहेका देवी देवताको मुर्ती यस अघि पनि चोरी हुदैँ आएका छन् । कतिपय ठाउँका मुर्ती अहिलेसम्म पत्ता लाग्न नसकेको गुठीका अध्यक्ष जनिल मानन्धरले बताए । ‘बनेपामा यस अघि पनि थुप्रै ऐतिहासिक मुर्तीहरु चोरी भएका छन्, अध्यक्ष मानन्धरले भने ‘कतिपय मुर्ती त अहिलेसम्म पनि फेला परेको छैन ।’

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  १० : ३६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले