धुलिखेल, ६ जेठः काभ्रेमा आरडिटी परीक्षण गर्दा कोरोना संक्रमणको लक्षण देखिए तत्काल स्वाब पनि परीक्षण गरिने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
अहिले जिल्लाका सबै स्थानीय तहमा आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण भइरहेको छ । आरडिटीमा पोजेटिभ देखिएका सबैको पीसीआर विधि मार्फत धुलिखेल अस्पतालमा परीक्षण गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।
धुलिखेल अस्पतालमा मंगलबार पनि ६ जनाको आइसोलेसनमा राखेर उपचाइरहेको छ । काभ्रेमा हाल २० जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैको कोरोना भाइरस परीक्षण गर्ने काम भइरहेको डाक्टर झाले बताए ।








प्रतिक्रिया