२०८३, ९ कार्तिक सोमबार

काभ्रेको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप

काभ्रेको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप


काभ्रे: काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झ’डप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झ’डप भएको हो ।

भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले झ’डपबाट दुबै पक्षका केही युवा घा’इते भएको जानकारी दिए । ‘टिपर चलाउन नदिने भन्ने विषयमा विवाद हुँदा झ’डप भएको हो, मैले ३ जना घा’इते भएको देखेको छु, अरु पनि हुनसक्छन्’ वडाध्यक्ष तामाङले भने ।

१ जेठदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए । क्रसर व्यवसायीहरुले साँझको समयमा भए पनि आफ्नो काम नियमित गर्ने भएपछि त्यहाँ झ’डप भएको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ ।झ’डप भएको स्थानमा अहिले दोलालघाटबाट प्र’हरीको टोली पुगेको र मिलाउने प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०७७, १ जेष्ठ बिहीबार  ८ : ३७ बजे

भूमिहीन र सहकारी पीडितको समस्या टुंग्याउने सरकारको दाबी : मन्त्री रावल

चितवन । भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने र सहकारीमा बचत

नवदुर्गा जात्रालाई प्रदेश सरकारको एक लाख, राष्ट्रपतिद्वारा दर्शन

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित ऐतिहासिक

‘इतिहास, संस्कृति र पहिचान मेटाएर नेपाल बन्दैन’ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको मौलिक

एनपीएलले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदान पुर्‍याउने : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति