काठमाण्डाै, ३१ बैशाखः दार्चुलाको छाङरुमा सुरक्षाकर्मीको टोली पुगेको छ। बुधबार नेपाल प्रहरीको ९ जना र सशस्त्र प्रहरीको २५ जना नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट उनीहरु छाङरु पुगेका हुन् ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठका अनुसार दार्चुलाको सुदरमुकाम खलंगाबाट दुई चरणमा गरि सुरक्षाकर्मीको टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो । उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली गएको हो ।
केही दिनअघि भारतले पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक बनाएर उद्घाटन गरेको थियो । त्यसलगत्तै नेपालमा चौतर्फी विरोध हुन थालेको छ ।








प्रतिक्रिया