२०८३, १७ बैशाख शुक्रबार

प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई ईन्सेकको आग्रह

प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई ईन्सेकको आग्रह


धुलिखेल, २२ बैशाखः अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । सरकारी निकायबाटै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन भएको भन्दै बागमती प्रदेश इन्सेक कार्यालयले विज्ञप्ति मार्फत आफ्नो गम्भीर ध्यानाकर्षण गरेको छ ।

बागमती प्रदेश संयोजक कृष्ण गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कोरोना संक्रमणको विषम परिस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पनि पत्रकारहरूले आफै पीडित भएको आवाज उठाउनु परेको उल्लेख छ ।’ त्यस्तै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको एक महिना भन्दाबढीको लकडाउन, सामाजिक दुरी कायम राखेर गर्नु पर्ने समाचार सम्प्रेषणको सङ्कटको घडीमा पत्रकार भौतिक रुपमा असुरक्षित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा समस्या भएको, लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशन समेत बन्द भएको विज्ञप्तिमा भनिएको छ । बागमती प्रदेश भित्रका विभिन्न जिल्लामा लकडाउनको अवस्थामा पनि प्रहरी प्रशासन, जनप्रतिनिधि लगायत जिम्मेवार निकायले समाचार सङ्कलनका लागि कार्यस्थलमा खटिँदा पत्रकारलाई धम्की दिने, गिरफ्तार गर्ने लगायतका गतिविधि जारी राखेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न इन्सेकले आग्रह गरिएको छ ।

समाचार प्रसारण तथा प्रकाशन भएकै कारण पत्रकारलाई चितवन, सिन्धुली, ललितपुर, काठमाडौँ लगायतका जिल्लामा मुद्दा दायर भएको, धम्की तथा दुव्र्यवहार भएको इन्सेकले जनाएको छ । यस्तै सर्वसाधारण नागरिकलाई समेत सामाजिक सञ्जालमा अभिव्यक्ति प्रकट गरेकै आधारमा गिरफ्तार तथा धम्की दिइएको भन्दै इन्सेकले त्यस्ता कार्य तत्काल रोक्न सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ७ : ४० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले