२०८३, १७ बैशाख शुक्रबार

कुवेतमा थप नौं नेपालीलाई कोरोना, संक्रमितको संख्या ८४ पुग्यो

कुवेतमा थप नौं नेपालीलाई कोरोना, संक्रमितको संख्या ८४ पुग्यो


काठमाडौं, २२ बैशाख बैदेशिक रोजगारीका शिलशिलामा कुवेत पुगेका थप नौं नेपालीमा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ जना पुगेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा संक्रमण देखिएको थियो ।

संक्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ । कुवेतले निको भएका संक्रमितको भने राष्ट्रियता नखुलाउने भएकाले संक्रमित नेपाली श्रमिक निको भए नभएकोबारे दूतावासलाई कुनै जानकारी नहुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

कुवेतमा हुने नेपालीमा कसैलाई पनि कोरोना संक्रमणको शंका लागेमा रोजगारदातालाई खबर गर्न र सुरक्षा सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । आफ्नो आवास छाडेर कतै पनि नजान समेत दूतावासले सचेत गराएको छ ।

संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको संख्या पनि बढिरहेकाले कोरोनाबाट नआत्तिन र उच्च मनोवलका साथ सुरक्षित रहन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : ०१ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले