२०८३, ९ कार्तिक सोमबार

कुवेतमा थप नौं नेपालीलाई कोरोना, संक्रमितको संख्या ८४ पुग्यो

कुवेतमा थप नौं नेपालीलाई कोरोना, संक्रमितको संख्या ८४ पुग्यो


काठमाडौं, २२ बैशाख बैदेशिक रोजगारीका शिलशिलामा कुवेत पुगेका थप नौं नेपालीमा कोरोना संक्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ जना पुगेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा संक्रमण देखिएको थियो ।

संक्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ । कुवेतले निको भएका संक्रमितको भने राष्ट्रियता नखुलाउने भएकाले संक्रमित नेपाली श्रमिक निको भए नभएकोबारे दूतावासलाई कुनै जानकारी नहुने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

कुवेतमा हुने नेपालीमा कसैलाई पनि कोरोना संक्रमणको शंका लागेमा रोजगारदातालाई खबर गर्न र सुरक्षा सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । आफ्नो आवास छाडेर कतै पनि नजान समेत दूतावासले सचेत गराएको छ ।

संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको संख्या पनि बढिरहेकाले कोरोनाबाट नआत्तिन र उच्च मनोवलका साथ सुरक्षित रहन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : ०१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि