धुलिखेल, ४ बैशाखः बिहिबार विहानको हावाहुरीले बनेपा नगरपालिका वडा नमबर ९ को एक घरमा क्षति पुर्याएको छ । वडा नम्बर ९ को मगरगाउँका रमेश रानामगर र बैजु रानामगरको संयुक्त घरमा क्षति पुर्याएको हो ।
घरको दलिन सहित छाना उठाएर क्षतविक्षत बनाएको रेडक्रस काभ्रेका सभापति रघुबर चौ प्रधानले जानकारी दिए । हुरीले छानो उठाएपछि घरमा भएका खाद्यन्न, लत्ताकपडा सबै भिजााएको सभापति प्रधानले बताए । पीडित परिवारलाई रेडक्रसले बिहिबार नै त्रिपाल सहयोग गरेको छ ।
विहानको हुरीले बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको सूर्य ग्यास प्रालिमा समेत क्षति पुर्याएको छ ।








प्रतिक्रिया