धुलिखेल, ३ बैशाख, काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ स्थानीय अनावश्यक मानिसका हिडडुले बडेको भन्दै प्रवेश निषेध गरेका छन् । स्थानीय मुख्य बाटोमा बाँस तेस्र्याएर प्रवेश निषेध गरेका हुन् ।
मंगलबार गरिएको र्यापिड टेष्टमा सोहि गाउँपालिकाको वडा नम्बर ५ का एक युवामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । २८ बर्षीय ती युवा भारतबाट आइपुगेका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सिकहरुले बताएका छन् । उनलाई स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल ल्याएको छ ।
बेथानचोक गाउँपालिका–५ का वडा अध्यक्ष खजेन्ची बहादुर लामाले आफ्ना वडाबासीहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन । कोरोना पोजेटिभ देखिएका ती युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए । वडाध्यक्ष लामाले ३÷४ जनाको समुहमा नबस्न र एक ठाउँमा जम्मा नभइ घर घरमा बस्न समेत आग्रह गरेका छन ।
‘यो महामारीको समयमा अति आवश्यक बाहेक एक टोलबाट अर्को टोल, एक गाउँबाट अर्को गाउँ सम्म हिड्डुल समेत नगर्न भनेको छु लामाले भने ‘घरमा बस्दा प्रत्येक ब्यक्तिले माक्स र पन्जा अनिवार्य लगाउनु पर्ने, साबुन पानीले राम्रोसँग हातमुख धुन अनुरोध गरेको छु ।’ वडाध्यक्ष लामाले स्वास्थमा समस्या वा केही परेमा आफ्नो फोन नम्बर ९८५१०९६४१५ फोन गर्न समेत आग्रह गरेका छन् ।
गाउँपालिकाले पनि एक सुचना निकालेर सबै नाकाहरु बन्द गरेको घोषणा गरेको छ ।








प्रतिक्रिया