२०८३, १७ बैशाख शुक्रबार

वीरगन्जमा थप २२ भारतीयलाई क्वारेन्टाइनमा राखियो

वीरगन्जमा थप २२ भारतीयलाई क्वारेन्टाइनमा राखियो


वीरगन्ज, ३० चैत: वीरगन्जमा शनिबार राति प्रशासनले भारतबाट आएका थप २६ जनालाई क्वारेन्टानइनमा राखेको छ।  जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तका अनुसार छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको हो।

क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो। तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ। उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

बाँकी २१ जनालाई शनिबार नै सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाइएको थियो।

यी भारतीय नागरिकहरू कहिले नेपाल आएका थिए र उनीहरू नेपालमा कहाँकहाँ गए भन्ने अनुसन्धान भइरहेको एसपी पन्तले जानकारी दिइन्।

Setopati

प्रकाशित मिति : २०७६, ३० चैत्र आईतबार  १२ : ४६ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले