२०८२, २५ कार्तिक सोमबार

काभ्रेमा खाद्यान्न घर-घर पुर्याइने !

काभ्रेमा खाद्यान्न घर-घर पुर्याइने !


धुलिखेल, १४ चैतः काभ्रे जिल्लामा खाद्यान्न, ग्यास लगायत अन्य दैनिक उपभोग्य सामग्रीको वितरणलाई सहज बनाउन सबै सहमत भएका छन । शुक्रबार धुलिखेलमा बसेको कोभिड १९ विरुद्धको सरोकारवाला निकायहरुको बैठकले सहज बनाउने मात्रै निर्णय गरेन खाद्य संस्थान तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी, निजी क्षेत्रका ठूलो खाद्यस्टोर, पसलहरुले आ-आफ्नो क्षेत्रभित्र मोबाइल भ्यान मार्फत घर–घरमा पुर्याउने ब्यवस्था मिलाउन भनेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकको निर्णय नम्बर ८ मा यस्तो उल्लेख गरेको छ । सरकारकाे लकडाउनसँगै राजधानी पूर्वकाे मुख्य बजार बनेपा पूर्णरूपमा बन्द रहेकाे बेला जिल्लामा सरोकारवालाहरुको बैठकले गरेकाे निर्णय कार्यान्वयनमा भने चुनौती देखिएको छ ।

बैठकले वडास्तरमा दूध, तरकारी, फलफूल तथा अत्यावश्यक खाद्य पदार्थ विक्री वितरण गर्ने, पसलहरुमा भिडभाड नहुने ब्यवस्था मिलाउने, माक्स, सेनिटाइजरको प्रयोग गर्ने र ग्राहक बीचको भौतिक दुरी कायम गरेर पसल ब्यवसाय सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

बैठकले जिल्लामा औषधि तथा औषधिजन्य वस्तु र स्वास्थ्य उपकरण, खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दुध तथा दुधजन्य पदार्थ, पानी, सरसफाईका वस्तु, चिनी, तेल, पशुपन्छि, अन्य आहार, इन्धन जसता वस्तुहरुको उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु र बिक्री वितरण गर्ने थोक तथा खुद्रा बिक्री केन्द्र (पसल) हरु नियमित सञ्चागन गर्ने । यी वस्तु र तीनको कच्चा पदार्थको ढुवानीमा संलग्न सवारी साधनलाई बजारसम्म र बजारबाट आफ्नो गन्तब्यसम्म निर्वाध आवागमन गर्न दिइने उल्लेख छ ।

यस्ताे छ निर्णयः

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ६ : ०९ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य