२०८२, १० फाल्गुन आईतबार

रसुवामा कोरोना भाइरस विरुद्ध यस्तो छ तयारी, सबैपालिकामा क्वारेन्टाईन र आइसोलेसन कक्ष

रसुवामा कोरोना भाइरस विरुद्ध यस्तो छ तयारी, सबैपालिकामा क्वारेन्टाईन र आइसोलेसन कक्ष


रसुवा चैत १४ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस  (कोभिड १९ ) को प्रकोपलाई मध्येजनर गरी रसुवमामा पनि जिल्ला तथा गाउँपालिका तहमा क्वारेन्टाइन स्थापनाभयो भने जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

लकडाउनको ठाउँठाउँमा बेवास्ता भएपछि ०७६ चैत १० गते जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि सदरमुकाम तथा जिल्लाभर सुनसान रहेको छ । बिहान ७ः०० बजेदेखि ९ः०० र बेलुकी ४ः०० बजेदेखि ६ः०० बजेसम्म अत्यावश्यक कामका लागि खुला गर्ने र सवै पसलहरु पूर्णरुपमा बन्द राख्न ०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि संक्रमण रोग ऐन २०२० को दफा दफा २९२० र स्थानीय प्रशासक ऐन २०२८ को दफा ६९३० बमोजिम निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर ८ स्थानमा आइसोलेसन स्थापना गर्ने निर्णय भएको छ । जिल्ला अस्पतालमा २५ सैया, जिवजिवे ग्रामीण अस्पतालमा २० सैयाको आइसोलेसन कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसै गरी रसुवागढीमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५ , डाडागाउँमा १५ संयाको क्वारेन्टाइन स्थापना गर्ने पनि निर्णय भएको छ ।

त्यसैगरी गोसाँइकुण्ड गाउँपालिकाको स्याफ्रुबेशी स्थित कोमिन स्यामेवाङफेल माविमा १५ बेडको क्वारेन्टाईन स्थापना भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्थानीय राजनीतिक दल, जलविद्युत आयोजना, नेपाली सेनाको सहयोगमा क्वारेन्टाईन स्थापना भएको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।
कालिका गाउँपालिकाले विपद व्यवस्थापनको बैठक बसेर अत्यावश्यक औषधि सहित कालिका हिमालय क्याम्पसमा ५० संयाको क्वारेन्टाइन सेवा सुरु गरेको छ भने कालिका गापा कै जिवजिवे ग्रामीण अस्पतालमा १५ सैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

गाउँगाउँमा कोरोना भाइरस ९कोभिड १९ ० बाट बच्न सुरक्षाकर्मीबाट माइकिङ गरिएको छ । शंकास्पद बिरामीहरुको निगरानी तथा उपचारका व्यवस्थापनका लागि नौकुण्ड गाउँपालिकाले २ जना स्वास्थ्यकर्मी सहित ५ वटा हेल्पडेक्स सत्तचालन गरेको छ । नौकुण्ड गाउँपालिकाले पा¥च्याङमा १५ सैयाको क्वारेन्टाईन तयार भएको छ ।
गाउँगाउँमा प्रशरीले कोभिड १९ बाट बच्न जनचेतनाका लागि अभियानकै रुपमा माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक ईन्द्र सुवेदीले बताउँनुभयो ।

धुन्चेको कृषि ज्ञान केन्द्र र पशु सेवा केन्द्रमा ५० सैया गरी जिल्लाभर २१० सैयाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । अहिलेसम्म जिल्लामा संक्रमित भेटिएको छैन ।

हेमनाथ खतिवडा, रसुवा

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ९ : ४७ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार